मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
सप्तरी, १५ असार । सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ।
हिजो सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने ३५ वर्षीया जहादा खातुनको करेन्ट लागेर ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भइ करेन्ट लागेर जहादा घाइते भएका थिए ।
उनको नर्सिङहोम अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार,
मधेस प्रदेश