Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशमहोत्तरीमा लागुऔषध ५ किलो गाँजासहित दुई युवक पक्राउ

महोत्तरीमा लागुऔषध ५ किलो गाँजासहित दुई युवक पक्राउ


जनकपुर, २८ असार । लागुऔषध गाँजासहित प्रहरीले आज महोत्तरीबाट दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दीबास नगरपालिका २ बुद्धचौक बस्ने ३५ बर्षीय जीवन लामा र सो नगरपालिका १४ बस्ने २५ गणेश ठाकुर रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरी टोलीले महोत्तरी गाउँपालिका ३ बाट ज ९ प २८७९ नम्बरको मोटरसाईकलमा सबार दुबै जनालाई लागुऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीको भनाई छ । मोटरसाईकलको सिटमुनी सेतो बोराभित्र हरियो प्लाष्टिकले बेरेको अवस्थामा ५ किलो गाँजा बरामद् भएको प्रहरलिे जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस