Techie IT
×
गृहपृष्ठसमाचारअस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन ढिला भए पनि समस्या हुँदैन : विज्ञ

अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन ढिला भए पनि समस्या हुँदैन : विज्ञ


काठमाण्डौ । अस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा खोप लगाउँदा पनि त्यसले प्रभावकारी काम गर्ने त्यो खोप उत्पादनमा संलग्न एक जना विज्ञले बताएका छन् ।

अक्सफोर्डरआस्ट्राजेनेका खोप विकासमा संलग्न अक्सफोर्ड खोप समूहका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले बीबीसीसँगको कुराकानीमा खोपको दोस्रो मात्रा पाउन ढिलाइ हुँदा पनि कोरोना भाइरस प्रतिरोधी प्रणाली झ्वाट्टै कमजोर नहुने बताएका छन् । उनले ढिला गरी खोप लगाउँदा प्रतिरोधी प्रणाली अझै दिगो बन्नेसमेत बताएका छन् ।

कुराकानीमा उनले ५० वर्षमाथिका मानिसलाई सकेसम्म पहिलो मात्रा खोप दिएर केही खोप उपलब्धताको आधारमा केही ढिला दोस्रो मात्रा दिँदा पनि प्रतिरोधी क्षमतामा असर नपर्ने बताएका छन् । तर दोस्रो मात्रा लगाउनु भने अझै राम्रो हुने उनले बताए । उनले अस्ट्राजेनिका खोपले डेल्टा र अल्फा भेरियन्टमा पनि राम्रो सुरक्षा देखाएको बताएका छन् ।

नेपालमा झन्डै १४ लाख ज्येष्ठ नागरिकले दोस्रो मात्रा पर्खिरहेको कोभिशिल्ड खोप पनि अस्ट्राजेनेकारअक्सफोर्डले विकास गरेर भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप हो ।

तीन दशकअघि पर्वतारोहणका लागि पहिलो पटक नेपाल आएका पोलार्ड सन् १९९४ मा सगरमाथा आरोहण गर्न आएको ब्रिटिश मेडिकल एक्सपिडिसनका उपनेता पनि थिए । उनले कोरोना भाइरसको महामारीको उच्च जोखिम देखा परेको नेपाल जस्ता देशमा खोप नपुग्नु लाजमर्दो भएको बताएका छन् ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #corona vaccine


तपाईको प्रतिक्रिया दिनुहोस