नेपाल खेलकुद महासंघले चलायो खेलाडीलाई खोप अभियान

चितवन, १४ असार । नेपाल खेलकुद महासंघले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तथा १३औँ दक्षिण एशियालि साफ गेम प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षकतथा राष्ट्रिय खेलकुद परिषद्का खेल प्रशिक्षकहरुलार्इ कोरोना विरुद्धको खोप लगाएको छ।
आठौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी तथा प्रशिक्षक, ओल्मिपकमा सहभागी हुने सबै टिमका खेलाडी, प्रशिक्षक, सुटिङ, जुडो, भलिबल, लगायतका दुई सय ५० जना खेलाडीलाई खोप लगाएको नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सुवास श्रेष्ठले बताए ।
सो कार्यक्रम सबै प्रदेशमा पुर्याउनका लागि स्वास्थ्य मनत्रालयसँग समन्वय भइरहेको बताइएको छ ।
खेल र खेलाडीका लागि खोप महत्त्वपूर्ण रहेकाले देश बिदेशमासमेत जानुपर्ने भएले पाँच हजार खोप दिने समझौता गरेको नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले बताए ।
क्याटेगोरी : खेलकुद, समाचार, बाग्मती प्रदेश
प्रतिक्रिया