Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

धान रोप्ने प्रविधिको बढ्दो प्रयोग


चितवन, १४ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले जिल्लामा प्रविधिको प्रयोग वृद्धि हुदै गएको जानकारी दिएका छन् । । उनका अनुसार धान रोप्ने, गोड्ने, धान काट्ने, पराल उठउाने, जमिन सम्याउने, गहुँ काट्ने मकै छोडाउने रोप्ने लगायतको आधुनिक प्रविधिको प्रयोग हरेक वर्ष वढेको जानकारी दिए ।

आधुनिक प्रविधिबाट मात्रै यस वर्ष एक सय विगाह क्षेत्रफलमा धान रोपाइ भएको जानकारी दिए । धुलोमा सिधै धान छर्ने सिड फर्टिलाइजरको माध्यमबाट ७० विगाह क्षेत्रफलमा रोपाइ भइसकेको बताए । त्यस्तै गरी तीन प्रकारका धान रोप्ने आधुनिक मेसिनले ३० विगाह क्षेत्रफलमा रोपाइ भएको छ । जिल्लाको भरतपुर महानगरपालिकामा १५ विगाह, खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा गरी १५ विगहा क्षेत्रफलमा मेसिनले धान रोपेको पौडेलले बताए ।

प्रविधिको प्रयोगबाट खेती गर्दा लागत कम हुने, थोरै जनशक्तिबाट काम गर्न सकिने, छिटो र सजिलो तरिकाले खेती लगाउने र भित्राउन सकिने भएकाले प्रविधिको प्रयोग हरेक वर्ष वढेको बताए । चैते धान भित्राउनको लागि ९० प्रतिशत मेसिनको प्रयोग हुदै आएको कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले यान्त्रिकीकरणको प्रयोगमा खेती गर्दा कृषकको उत्पादन लागतमा ५० प्रतिशत कमी आउने जनकारी दिए ।


क्याटेगोरी : कृषि, विज्ञान, समाचार, बाग्मती प्रदेश
ट्याग : #machine

प्रतिक्रिया


ताजा अपडेट