Techie IT
×
गृहपृष्ठसमाचारनेपालमा पहिलो पटक कोरोनाविरुद्धको भ्याक्सिन रेमसिभिर उत्पादन सुरु

नेपालमा पहिलो पटक कोरोनाविरुद्धको भ्याक्सिन रेमसिभिर उत्पादन सुरु


काठमाडौं, १४ असार । नेपालमा पहिलो पटक रिम्डेसिभिर उत्पादन भएको छ । नेशनल हेल्थकेयर प्राइभेट लिभिटेडले हिजोबाट नेपालमा उत्पादित रिम्डेसिभिर बजारमा ल्याएको हो ।

कोरोना सङ्क्रमितको उपचारमा निकै महत्वपूर्ण मानिएको सो औषधि नेपालमा उत्पादन नहुँदा विगतमा आपूर्तिमा समस्या हुने गरेको थियो ।

औषधि व्यवस्था विमागले करिब एक महिनाअघि सो कम्पनीलाई नेपालमा रिम्डेसिभिर उत्पादन गर्न अनुमति दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।

हेल्थकेयर प्राइभेट लिभिटेडका बजार उपव्यवस्थापक अजय पाण्डेले हिजोबाट सो औषधि बजारमा लाएको प्रति भाइल तीन हजार पाँच सय रुपियाँ रहेको बताए । उनले सो औषधिको ब्राण्ड नेम रेमसिभिर रहेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona, #remsivir, #vaccine


तपाईको प्रतिक्रिया दिनुहोस