Techie IT
×
गृहपृष्ठप्रदेशप्रदेश १भ्रष्टाचारविरुद्ध बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानका चिकित्सकहरु रिले अनसनमा

भ्रष्टाचारविरुद्ध बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानका चिकित्सकहरु रिले अनसनमा


धरान, १४ असार । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीहरुले सोमबारदेखि रिले अनसन थालेका छन्।

संयुक्त संघर्ष समितिका संयोजक एवम् प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा रिले अनशन सुरू भएको हो। पहिलो दिनको अनशनमा डा. पोरखेलसहित डा. पदम नेपाली, डा. अमृत जैसी, ज्योति बोगटी, सुवास बन्जाडे बसेका छन्।

यसअघि १३ दिनसम्म आन्दोलनकारीले प्रतिष्ठान र धरान नगरमा जुलुस प्रदर्शन गर्दै आएका थिए। प्रदर्शनलाई पदाधिकारीले बेवास्ता गरेको भन्दै आन्दोलनकारीले आइतबार पदाधिकारीहरूले चढ्दै आएको गाडीको चाबी खोसेका थिए।

‘आन्दोलनलाई पदाधिकारीले बेवास्ता गरेपछि हामी अनशनमा जान बाध्य भयौं,’ जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले भने, ‘माग पूरा नभएसम्म अनशन निरन्तर रहनेछ।’


क्याटेगोरी : समाचार, प्रदेश १
ट्याग : #bp koirala, #dharan


तपाईको प्रतिक्रिया दिनुहोस