त्रिविमा ‘शिक्षाको व्यापार बन्द गर’ भन्दै प्रदर्शन

काठमाडौं, १३ असार। त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । उनीहरुले एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको, शिक्षामा व्यापार भएको लगायतका ब्यानर र प्ले कार्ड बोकेर आइतबार प्रदर्शन गरेका हुन् ।
त्रिविले प्राविधिक बाहेकका मानविकी, शिक्षाशास्त्रजस्ता विषयमा समेत महंगो शुल्क लिएकोमा उनीहरूको आरोप छ ।
प्रदर्शनमा माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने त्रिवि विद्यार्थी संघर्ष समितिले जनाएको छ ।
क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #hot, #tu
प्रतिक्रिया