Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णालीको बाढीले कैलाली र बर्दिया जोड्ने राजापुरको सत्ती पुल भासियो

कर्णालीको बाढीले कैलाली र बर्दिया जोड्ने राजापुरको सत्ती पुल भासियो


काठमाण्डौ, १३ असार । हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलाली र बर्दिया जोड्ने राजापुरको सत्ती पुल भासिन थालेको छ । हिजो दिउँसो कर्णाली नदीले पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया ठप्प भएको छ ।

दैनिक हजारौँ नागरिक आवत जावत गर्ने यो पुलको स्ल्याब कर्णाली नदीले कटान गरेपछि कैलाली र बर्दिया जोड्ने बाटो बन्द भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए। सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ गाडी आवत जावत हुने गरेको छ । पुल भासिएपछि कैलाली र बर्दिया आउजाउ गर्ने गाडी रोकिएका छन् ।

पुल भासिँदा खेतीपातीको समयमा वारिपारि गर्ने नागरिकलाई अझ बढी समस्या भएको राजापुरका विक्रम कायस्थले बताए । नदीले बर्दियातिरको अन्तिम पिल्लर र जमिनबीचको माटो बगाएपछि जोखिम बढेको हो । पुलको छेउतिरबाट माटो बग्न थालेकाले झण्डै ४० करोडको लगानीको बनेको पुल जोखिममा परेको छ ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #flood


तपाईको प्रतिक्रिया दिनुहोस