Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

नेतृत्व मधेश सरकार ः एक अनार सय बिमार


काठमाडौं । मधेश सरकारको नेतृत्वको विषयमा भइरहेको राजनीतिक दलबीचको खिचातानीको विषयलाई लिएर सरोकारवालाहरूले एक अनार सय बिमार भनी टिप्पणी गरिरहेका छन् । एक अनार सय बिमारको कथन वस्तु र मागबीचको चरम अभावको अवस्थालाई दर्शाउन भन्ने गरिन्छ । तर राजनीतिक पार्टीका नेताहरूले एउटा बिमारलाई चाहिएको एक अनार सग्लो कसैलाई नदिने गरी एक एक गेडी बाँड्फाँट गर्ने विधि अनपाउने गर्छन् । एक पाँच वर्षमा एउटा प्रधानमन्त्रीको पदमा एक भन्दा धेरै प्रधानमन्त्री भएको दृष्टान्त नेपालमा दूर भूतमा होइन निकट भूतमै खोजे सहजै पाइन्छ । थापाथली चौतारीका मुस्तफा अली भन्छन् “ प्रधानमन्त्रीको एउटा पद एक पाँच वर्षका लागि विधिवत् आचरण अनुरूप बनाइएको छ । तर नेताहरूबीचको विश्वास कम भएर हालका वर्षमा यस्तो भएको होइन् । विगत दूत भूतको पञ्चायतको बेलामा हेर्दा पनि हुन्छ । पाँच वर्षे अवधि पूरा गर्ने प्रधानमन्त्री खोज्नै गाह्रो छ । निर्दलीय पञ्चायती होस वा सुधारिएको पञ्चायत होस वा संसदीय राजतन्त्र होस वा गणतन्त्र होस । जहिले पनि पाँच वर्षमा प्रधानमन्त्रीहरू फेरिँदै गएका देखिन्छ ।” उनले संघीय लोकतान्त्रिक गणतन्त्रको बेला प्रादेशिक सरकारमा यस्तै अवस्था सिर्जना भएको बताए । उनी भन्छन् “तर यसमा संयोग नै भन्नु पर्ने हुन्छ मधेशका मुख्यमन्त्रीले पहिलो पाँच वर्षे कार्यकाल पूरा गरे । तर पुछारमा पुग्दापुग्दै भ्रष्टाचार हिलो उनको कार्यालयमा पोखियो । ” प्रधानमन्त्री र प्रादेशिक मुख्यमन्त्रीको फेरबदल गर्ने तरिका मधेशमा क्रियाशील राजनीतिक दलहरूले प्रयास गरिरहेका छन् । दोस्रो कार्यकालमा उदाएको जनमत पार्टीले समानुपातिक मतगणनाको परिणाम आउन अघि देखि नै मुख्यमन्त्रीको दाबी आफूले पाउनुपर्ने दाबी र पहल बढाएको थियो । तर नेकपा एमालेको आडमा र माओवादी केन्द्रको नेतृत्वमा बनेको अकस्मात्को गठबन्धन बन्न पुगेपछि जनमतको मुख्यमन्त्री पाउने चाहना पूरा भएन् । बाजी जनता समाजवादी पार्टीले मा¥यो र जसपाका नेताले मुख्यमन्त्रीको शपथ लिए । नभन्दै केही दिन भित्रै एमालेसमर्थित माओवादी नेतृत्वको सरकार फेरबदल हुने राजनीतिक प्रक्रिया अगाडि आयो र त्यो सरकार नेपाली कांग्रेसको समर्थनमा माओवादी नेतृत्वको सरकारमा परिवर्तन हुन पुग्यो । यो मौजुदा गठबन्धनको खेलाडी जसपा अध्यक्ष उपेन्द्र यादव बने र पारितोषिकको रूपमा उपराष्ट्रपतिको पद पूर्व जसपा संसदीय दलका नेता रामसहाय यादवको रूपमा र आफू उपनिर्वाचनमा बारा २बाट सांसद पद प्राप्त गरे । जनमत बाहेक मौजुदा सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव बारा २बाट चुनाव जितेका छन् । अहिले फेरि जनमत पार्टीको मनसुबा मुख्यमन्त्री पाउने पूरा हुने देखिँदैन् । सत्ता गठबन्धनका दलहरूमा जनमत पार्टीको राजनीतिक व्यवहार समुचित नभएको परेको छ । यो गठबन्धनको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले संघीय सरकारमा नेतृत्वमा आएको छैन् । त्यसैले मधेश सरकारको नेतृत्व पाउनुपर्ने दाबी त्यहाँका स्थानीय कांग्रेसी नेताको दाबी रहेको छ । तर जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारामा चुनाव जिताउन लोसपाले सहयोग गरेकोले अब आफ्नो नेतृत्वमा मधेश सरकार बन्नु पर्ने माग लोसपाका नेताहरूको रहेको छ । लोसपाले यसअघिको पाँच वर्षे अवधिमा ठुलो अवधिसम्म जसपाका नेतालाई मुख्यमन्त्रीमा समर्थन गरी सहयोग गरेको र अर्कोपटक आफूले मुख्यमन्त्री पाउनुपर्ने गरी चुनावमा भाग लिएको थियो । तर अपेक्षित परिणाम नआएकोले लोसपा सुरुमा हौसिएको थिएन् । तर नयाँ गठबन्धन संघीय सरकारमा बनाउन लोसपाको पनि भूमिका रहेको छ । कांग्रेसँगको पुरानो सम्बन्धको विरासत बोकेका नेताहरू नै लोसपाका नेताहरू भएकोले लोसपाको मागदाबीमा बल पुग्न गएको कतिपय पर्यवेक्षकहरूको भनाइ रहेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले पनि गर्ने सहमति भइसकेको बताएबाट यो पाँच वर्षको अवधिलाई अनारको गेडासरी मुख्यमन्त्री पदको विभाजन गरी सरकार बाँटफाँट हुने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव बारा २बाट फेरि सांसद पदमा जितेर पार्टी भित्र र बाहिर राजनीतिक कद फेरि एक पटक बढाउन सफल भएको उनका निकटहरूको भनाइ छ । जनमत पार्टीले बारा २मा उपेन्द्र यावदको विरुद्धमा निकटतम् प्रतिस्पर्धीको हैसियत प्राप्त गरेर सत्ताघटकहरूबाट आलोचित भइरहेपनि बाहिर भने राजनीतिक हैसियतमा वृद्धि गरेको चर्चा चलिरहेको छ । समग्र राजनीतिक परिदृश्यमा लोसपाका नेताहरूले समकालीन राजनीतिमा आफ्नो सान्दर्भिकता कायम गरेका छन् । अपेक्षित गणतीय राजनीतिक सफलता हात नपारेपनि मधेशको हकहितका लागि राजनीतिकरूपमा ठुला दलका प्रस्तावहरूमा सामेल हुनुपर्ने राजनीतिको बलियो रेखा कोर्न लोसपाका नेताहरू सफल भएका छन् । संविधान संशोधनलगायतका विषयमा सहयोग गर्ने विश्वास पाएर विगतमा ओलीलाई जोगाउन पार्टी फुटाएर पनि आफ्नो समूहलाई सामेल गराउने अहिलेको लोसपा नै हो । एक्लै गर्न नसकेपछि ठुला दलको सहयोगमा राजनीति गर्नुपर्ने मधेशकेन्द्रित राजनीतिक दलको राजनीति हुनुपर्ने लाइन लिएर राजनीति गरिरहेको लोसपाले यो मौजुदा गठबन्धनमा सामेल भएको थियो । थापाथली चौतारीका अलि भन्छन् “ ठुला दलको सिको गरी राजनीति गरिरहेका मधेशकेन्द्रित राजनीतिक दलले एक अनार सय बिमारको राजनीति गरिरहेका छन् । ” अनि पो भनिन्छन नी “बडे मियाँ तो बडे मियाँ छोटे मियाँ शुभान अल्लाह” जसपाका अध्यक्ष यादवले मधेश सरकारको पूर्णाकार दिन जनकपुर गएका छन् । यो पटकको पाँच वर्षे नेतृत्व एकल राख्ने सफलता पाउने हुन कि पदलाई अनारको गेडासरी बाँटफाँट गर्न बाध्य हुनेछन् त्यो भने हेर्न बाँकी रहेको अलीले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट