चट्याङले लागेर रौतहटमा एक जनाको मृत्यु
गौर, १२ असार । चटयाङ्ग लागेर शनिवार रौतहटको परोहा नगरपालिका वडा नं. २ का एक युवकको मृत्यु भएको छ ।
परोहा नगरपालिका २ जिंगडवा वेलविछवा गाउँ घर भएका ३५ वर्षीय शेख जमशैदको चटयाङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घर बाहिर बसिरहेको अवस्थामा वर्षासँगै आएको चटयाङ्ग लागेर जमशैद गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि गाउँ नजिक रहेको सुकदेव चौकस्थित निजी अस्पताल भर्ना गरिएको थियो । जमशैदको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।
क्याटेगोरी :
समाचार,
मधेस प्रदेश
ट्याग : #chatyang