Techie IT
  • २० जेठ २०८०, शनिबार
Jhilko

मन्थलीमा जुवाखालबाट पाँच जुवाडे पक्राउ


रामेछाप, २१ असार । निषेधाज्ञाका मौकामा कौडा खेलिरहेका ५ जना जुवाडेलाई प्रहरीले नगद र कौडासहित पक्राउ गरेको छ ।

मन्थली नगरपालिका वडा नम्बर १ घारी खबरेस्थिति चन्द्रवहादुर माझीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले नगद १ लाख ९२ हजार ९५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको जिप्रका रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी दिए ।

पक्राउ पर्नेमा घरधनी माझीसहित मन्थली नगरपालिका ९ पुरानागाउँका ३२ वर्षीय टीकाराज आरण,हात्तिटारका तेजबहादुर माझी,खाइखुराका आईते माझी र खाँडादेवी गाउँपालिका घर भइ हाल सिन्धुली सुनकोशी गाउँपालिका ९ मा बस्ने नरेन्द्र माझी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #police, #ramechhap

प्रतिक्रिया


ताजा अपडेट