Techie IT
  • २०८० असोज १७, बुधबार

परीक्षा हलबाट निकालिए पछि मेडिकल विद्यार्थी गरिन आत्महत्या


काठमाडौँ । चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेपछि दोषीलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सिम्रन थापाले बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि उनले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् । परीक्षा दिइरहेको समयमा शिक्षकले हलबाट निकालेपछि आफूमाथि अपमान भएको महसुस गर्दै आफ्नो कोठामा गएर आत्महत्या गरिन् । उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । साथै मेडिकल कलेजहरूमा विभिन्न वाहनामा दिइने मानसिक तनावहरूलाई नियन्त्रण गर्न समेत माग गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट