Techie IT
×
गृहपृष्ठसमाचारइन्द्रावतीको बाढीले मेलम्ची बजारको तीनतले घर बगायो

इन्द्रावतीको बाढीले मेलम्ची बजारको तीनतले घर बगायो


काठमाडौं, १२ असार । सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगाएको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको तीन तले घर इन्द्रवती नदीको कटानको कारण ढलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

उनका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीनतले घर नदी कटानको कारण ढलेको हो । यद्यपी दुलालको परिवार भने सुरक्षित छन् ।

असार १ गतेको बाढीले घरमा क्षति पुर्याएपछि उनीहरु अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेका कारण इन्द्रवती नदीमा भने पानीको बहाव बढेका कारण नदी आसपास र तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको उनले बताए । असार १ गतेदेखि मेलम्चीमा आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौ बेपत्ता भएका छन् । त्यस्तै चार सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #flood, #melamchi


तपाईको प्रतिक्रिया दिनुहोस