मकवानपुरका सरकारी कार्यालय आइतबारदेखि खुल्ने
हेटौंडा, १२ असार । मकवानपुरका सम्पूर्ण सरकारी कार्यालयको सेवा आइतबारदेखि नियमित हुने भएको छ। कोरोना नियन्त्रणको लागि बन्द भएको सेवा आइतबारदेखि नियमित हुने भएको हो।
जिल्ला कोभिड– १९ व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिने निर्णय गरेको छ। जिल्लामा एक हजारभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेकोले उच्च सतर्कता अपनाएर सेवा दिन लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।
बारअनुसार सेवा प्रवाह गरिने प्रशासन कार्यालयले विशेषगरी अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयलाई आफ्नो ढंगले सेवा दिन आग्रह गरेको छ।
पाण्डेकाअनुसार प्रशासनले मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय जस्तो अत्यावश्यक कार्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा दिन निर्देशन दिएको छ भने अन्य कार्यालयले पनि सेवा सुरु गर्ने छन्।
क्याटेगोरी :
समाचार,
बाग्मती प्रदेश
ट्याग : #makawanpur