Techie IT
×
गृहपृष्ठसमाचारनदीमा हाम फालेकी भारतीय महिलाको उद्धार

नदीमा हाम फालेकी भारतीय महिलाको उद्धार


बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया नजिक भादा नदीमा हाम फलेर आत्महत्या प्रयास गर्न खोज्ने एक जना भारतीय महिलालाई प्रहरीले उद्धार गरेको छ ।

गुलरिया नगरपालिका ८ मा पर्ने भादा नदीमा हाम फालेर आत्महत्या प्रयास गर्ने भारतको बहराईच जिल्ला थाना मोतिपुर गाउँ बलैगाउँकी ४० वर्षीया जलदैया थारुलाई बर्दिया प्रहरीले उद्धार गरेको हो ।

शुक्रवार झन्डै ५ बजेतिर महिलाले भादा नदीमा हाम फालेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक मणिराज भट्टको कमान्डमा गएको प्रहरी टोलीले उद्धार गरेको हो ।

बर्दिया अस्पताल गुलरियामा उपचारपछि सोधपुछ गर्दा नाम र ठेगाना खुलेपछि ती महिलालाई भारतको बहराईच जिल्ला थाना मोतिपुर ग्राम पञ्चायतका गाउँ प्रधानसँग समन्वय गरी श्रीमान् मिश्रिराम थारुको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस