Techie IT
×
गृहपृष्ठकृषिवैदेशिक रोजगारीबाट फर्किएका युवा भोजपुरमा व्यावसायिक कृषि गर्दै

वैदेशिक रोजगारीबाट फर्किएका युवा भोजपुरमा व्यावसायिक कृषि गर्दै


भोजपुर, ११ असार ११ ग। पछिल्लो समय भोजपुरका युवाको व्यवसायिक कृषि खेतितर्फ आकर्षण बढ्दै गएको छ । कोरोना माहामारीका कारण वैदेशिक रोजगारीमा काम गुमाएका तथा बाहिरी जिल्लाहरुमा काम गरीरहेका युवाको कृषिमा आकर्षण बढ्दै गएको हो । संक्रमण रोकथामका लागि सरकारले जारीगरेको निषेधाज्ञाका कारण आफ्नो रोजगार गुमाएर घर फर्केका अधिकांश युवा व्यवसायिक कृषि खेतीमा लागेका हुन् । समय अनुकुल उत्पादन हुने अदुवा, खुर्सानी, गोलभेडा लगायतका तरकारी खेतिमा लागि रहेका छन् ।

वााहिरी जिल्लामा विभिन्न क्षेत्रमा काम गरिरहेकाहरु घर फर्केर गाउँमा व्यावसायिक ढङ्गबाट कृषिमा लागिरहेको भोजपुर नगरपालिका पोखरेका अगुवा कृषक नवीन प्रधानले वताए । उनले भने “महामारीका रुपमा फैलिरहेको यो कोरोनाले धेरैको रोजगारी गुमेको छ । जसका कारण गाउँका युवा यतिवेला गाउमै फर्केकाछन् तीमध्ये व्यावसायिक कृषिमा जोडिन चाहाने युवालाई स्थानीय सरकारहरुले पनि हौसला प्रदान गर्नुपर्छ ।”

पछिल्लो समय युवामा कृष क्षेत्रमा लागिरहँदा गाँउघरमा बाँझिएका खेतवारी उव्जाउ भूमिममा परिणत भैरहेको छ । जिल्लाको पश्चिमी टेम्केमैयूम गाउपालिका ३ अन्नपूर्णका मणिराज निरौला वैदेशिक रोजागरीबाट स्वदेश फर्किएर व्यावसायिक च्याउ खेतीमा लागेकाछन् । परिवारको घरखर्च र परिवारलाई मिठो मसिनो खाने र केही पैसा कमाएर केही गर्ने सोच बनाएर मलेसियामा चार वर्ष विताएका निरौलालाई वैदेशिक कमाइबाट सन्तुष्टि भएन । त्यस लगत्तै कोरोना सक्रमणको वारेमा उनले समाचार हेरेपछि नेपालमै केही गर्ने सोचले स्वदेश फर्केको बताए । उनले भने “सिङ्गो परीवारको सपना साकार गर्न वैदेशिक रोजगारीमा गए सोचे जस्तो भएन । त्यसमाथि कोरोनाको महामारी स्वास्थ्यमा चुनौती त्यसपछि त्यहाँ गर्ने मिहिनेतले नेपालमै केही गर्छु भन्ने सोचले नेपाल आए अहिले च्याउखेती गरीरहेको छु ।विदेशको चालीस हजारको कमाइभन्दा आज स्वदेशमै परिवारसँगै बसेर मासिक ८० हजार देखि ९० हजारसम्म कमाइरहेको छु ।”

पछिल्लो समय राज्यको पुनः संरचनाका कारण निर्माण भएका नगरपालिका तथा गाउँपालिकासन्गै सडक सञ्जालले तराईसँग जोडेपछि उत्पादित कृषि उपजको बजारीकरणमा सहजता आएपछि कृषिक्षेत्रमा आकर्षण बढेको हो । टेम्केमैयुम गाउँपालिकाका जोहन राई पनि व्यावसायिक खुर्सानी खेतीमा लाग्नुभएको छ । छिमेकी जिल्ला सुनसरीमा पेन्टरको काम गर्दै गरेका राईले करिब दश रोपनी क्षेत्रफलमा खुर्सानी खेती विस्तार गरेका थिए । कोरोनाले व्यवसाय चिनायो खास केहीले नरोक्ने नछेक्ने व्यवसाय भनेकै कृषि रहेछ राईले भने । उनले भने “हुँदा र सक्दा सरकारी जागिर नहुँदाको व्यवसाय भनेको कृषि रहेछ । लकडाउनले पनि नछेक्ने अब हामी जस्ता युवाले कृषिमा उदाहरणीय बनेर देखाउनुपर्छ जसका कारण हामी जस्ता युवा पनि व्यावसायिक बन्न सकिन्छ ”

त्यस्तै वैदेशिक रोजगारीमा आधा जीवन बिताउनुभएका भीमकुमार राई पनि गाउँ फर्केर व्यावसायिक कृषिमा लाग्ने तयारीमा छन् । ३२ वर्ष खाडीका विभिन्न देशमा बिताएका राई अहिले गाउँमै कृषिक्षेत्रमा केही गर्ने लक्ष्यका साथ नेपाल आएको राईले बताए । अबको बाँकी समय भनेको मेरो कृषिक्षेत्र नै हो । म बाख्रा पाल्ने तयारीमा छु स्वदेशमै केही गर्ने इच्छा छ । त्यो सम्भावना पनि प्रशस्त छन् सरकारले कृषिक्षेत्रको बीमालाई प्रभाकारी ढङ्गले अगाडि बढाउनु पर्छ र सुलभमा ऋण दिने व्यवस्था गरिनुपर्छ अनि अझ कृषिबाट स्वरोजगार वन्न सकिन्छ । कृषिमा सम्भावना हुँदाहुँदै पनि रोगको प्रकोप, बालीनालीमा देखिने सम्भावित समस्याले कृषकहरु मारमा रहेको कृषक कृष्णकुमारी प्रधानले बताए ।

उत्पादित कृषि उपजको बजारीकरण, उचित मुल्य सगै सीपमूलक तालिम तथा उत्साहित व्यावसायिक कृषकहरुलाई अनुदान नमिल्दा युवा हतोत्साहित हुने गरेका छन् । नेपाली युवाशक्तिलाई स्वदेशमै रोजगार बनाउन सरकारी स्तरबाट ठोस नीति तथा कार्याक्रम बनाउनुपर्ने अगुवा कृषक विष्णुप्रसाद अधिकारीले बताए । गोरखापत्रबाट 


क्याटेगोरी : कृषि, समाचार, प्रदेश १
ट्याग : #krishi


तपाईको प्रतिक्रिया दिनुहोस