चट्याङले लागेर स्याङ्जामा एक जनाको मृत्यु
स्याङ्जा, ११ असार । चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुन चौपारी गाउँपालिका–२ घडेरीका १५ वर्षीय रोहित गुरुङ रहेका छन्।
घरमा सुतिरहेका रोहितलाई शुक्रबार विहान करिब ५ बजे चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घटनाको थप विवरण संकलन गर्न प्रहरी निरीक्षक अर्जुन विकको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
क्याटेगोरी :
समाचार,
गण्डकी प्रदेश
ट्याग : #chatyang