Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, कहाँ को ?


काठमाण्डौ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छिन् । संवैधानिक परिषद्ले गएको हप्ता सिफारिस गरेका पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।

गएको वैशाख २६ गते बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ विना नै २० पदाधिकारीको नियुक्ति भएको हो ।

कुन निकायमा को नियुक्त ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
डा. हरि पौडेल, आयुक्त
डा. सुमित्रा श्रेष्ठ ब्याञ्जु, सदस्य

लोक सेवा आयोग
माधवप्रसाद रेग्मी, अध्यक्ष सदस्यहरुमा
माधव बेल्बासे, सदस्य
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जु कुमारी, सदस्य

निर्वाचन आयोग
सगुनशम्शेर जबरा, आयुक्त

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
विपिन राज निरौला, सदस्य

राष्ट्रिय महिला आयोग सदस्यमा
जया घिमिरे, सदस्य
सावीत्रा कुमारी शर्मा, सदस्य

राष्ट्रिय दलित आयोग
सुन्दर पुर्कुटी, सदस्य

राष्ट्रिय समावेशी आयोग
रामकृष्ण तिमल्सेना, अध्यक्ष
पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य

आदिवासी जनजाति आयोग
सूर्यबहादुर गुरुङ, सदस्य

मधेशी आयोग सदस्यमा
आभाकुमारी, सदस्य

थारु आयोग
डा. उमाशंकरप्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य

मुस्लिम आयोग
मोहम्मद समशुल हक, सदस्य


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट