Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

सन्तोषी सुब्बाको हत्यामा संलग्न युवा फेला परे


काठमाडौं, १० असार । युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ गरेको युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार राति प्रहरीले २९ वर्षीय सुरेश तिमल्सिनालाई पक्राउ गरेको थियो ।

उपत्यकाका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले सन्तोषी सुब्बाको हत्या आरोपमा बुधबार राति २९ वर्षीय सुरेश तिमल्सिनालाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेको तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सामाजिक सञ्जालमा विभिन्न पशुपन्छीको आवाज निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको बुधबार बिहान दक्षिणकालीमा शव फेला परेको थियो । एसएसपी खापुङका अनुसार सुब्बाको घाँटी थिचेर हत्या गरेको र पछि अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले निज तिमल्सिनासँग सन्तोषी सुब्बाले खाना खाने र बासको समस्या भएको बताएपछि सुरेशले आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनी घटनास्थलतर्फ लगि जबरजस्ती गर्ने क्रममा सुब्बाले प्रतिकार गरेपछि निजले घाँटी थिची सलले घाँटीमा बेरेर हत्या गरेका थिए । निजले हत्यापछि शव नचिनियोस् भनेर ढुङ्गाले अनुहारमा पटक पटक प्रहार गरेको पाइएको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट