Techie IT
×
गृहपृष्ठप्रवासभिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा सुरु

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा सुरु


लण्डन, १० असार । संयुक्त अधिराज्य (बेलायत) को सर्वोच्च पदक भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा सञ्चालनमा आएको छ ।

लन्डनको प्याडिङ्टन स्टेशनमा ग्रेट वेस्टर्न रेल्वेद्धारा आयोजित नामाकरण समारोहमा पुनका छोरा अर्जुन र छोरी मेघकुमारी पुनले रेल सेवाको शुभारम्भ गरेका थिए । यससँगै भिसी पुनको नाम कुँदिएको रेल बुधबारदेखि लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा शुरू भएको छ ।

दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्षको अवसर पारेर गत वर्ष गरिने भनिएको कार्यक्रम कोरोना महामारीका कारण एक बर्षपछि सरेको हो । समारोहमा बेलायतकी चर्चित अभिनेत्री जोआना लुम्लेले पुनको नाम इतिहासमा लेखिएको बताउँदै रेलवे सेवाको नाम पुनको नाममा गरिनुले उनको सदा स्मरण हुने बताइन् ।

ग्रेट वेस्टर्न रेल्वे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्वीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेल्वेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको जानकारी दिए । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएशनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेल्वेलाई धन्यवाद दिएका थिए ।

पुनका छोरा अर्जुन पुनले यस नामाकरणले परिवारको मात्र नभई सिङ्गो गोरखा सैनिकको सम्मान भएको बताए । उनले गोरखाको सम्मानले सम्पूर्ण नेपालीको सम्मान भएकोमा खुशी व्यतm गरे। कुनै पनि रेल्वे कम्पनिले गोरखाको नाममा रेलवेको नामकरण गरेको यो सम्भवत पहिलो हो ।

भिक्टोरिया क्रस प्राप्त गर्ने १३ जना गोरखा सैनिकमध्ये हाल एकजना मात्र जीवित हुनुहुन्छ । दोस्रो विश्वयुद्धमा बर्माको लडाइमा सहभागी भएका पुनले २१ वर्षको उमेरमा भिक्टोरिया क्रस पाएका थिए। पुनको सन् २०११ अप्रिल २० मा पुनको निधन भएको थियो । पुनकी श्रीमती नेपालमा भएकाले कार्यक्रममा सहभागी हुन नसकेको छोरा अर्जुनले बताए । कार्यक्रममा पूर्व गोरखाहरुको उपस्थिति थियो ।


क्याटेगोरी : प्रवास, समाचार
ट्याग : #breaking, #tul bahadur pun


तपाईको प्रतिक्रिया दिनुहोस