Techie IT
×
गृहपृष्ठBreakingअसी वर्ष अघि नाजी जर्मनीको बारबोसा अपरेसन

असी वर्ष अघि नाजी जर्मनीको बारबोसा अपरेसन


हिटलरले पूर्वतर्फ विना बाधा जान सोभियत संघसँग ‘हिटलर स्टालिन प्याक्ट’ सम्झौता गरे । त्यसपछि हिटलरले पोल्याण्ड, फ्रान्स र ब्रिटन विरूद्ध आक्रमण सुरु गरे । तर, हिटलरको मुख्य निशाना सोभियत संघ नै रहेको थियो । हिटलर र उनका सैनिक जनरलहरूले विश्वयुद्ध प्रथमबाट पाठ सिकेका थिए । उनीहरूलाई तेल, रबर जस्ता कच्चा पदार्थको अभाव भए त्यतिखेरको आधुनिक युद्ध जर्मनीले जित्न नसक्ने चिन्ता थियो । उनीहरूले प्रकाशको गतिसहितको युद्धकला ‘ब्लित्सकर्ग’ नाम दिएर नयाँ संस्करणको महान युद्ध जित्न खोजेका थिए ।

जर्मनीले अमेरिकासँग इन्धन तेल जस्ता वस्तु किनेको थियो । पोल्यान्ड फ्रान्स विरूद्धको युद्ध जिते पनि जर्मनीलाई आवश्यक हुने तेल र रबरको आपूर्ति भएन । सन् १९४० र १९४१मा जर्मनीले अमेरिकाबाट तेलको आयात गर्ने बाटो खुलायो । अमेरिका तटस्थ बसेको थियो । अर्को तटस्थ बसेको फ्रान्कोको स्पेट थियो । यी दुईले तेल आपूर्तिको बाटो जर्मनीका लागि खोलेका थिए । यसका अतिरिक्त हिटलर स्टालिन प्याक्टले सोभियत संघले पनि जर्मनीलाई तेलको आपूर्ति ग¥यो ।

सन् १९३९मा हिटलरले सोभियत संघ विरूद्धको युद्ध गर्ने योजनालाई थन्क्याएका थिए । तर, सन् १९४० मा फ्रान्सलाई पराजित गरेपछि यो योजना ब्यँुत्याइयो । यसलाई कोड भाषामा अपरेसन बारबारोसा नाम दिइएको थियो । त्यतिखेर सोभियत संघ विस्तार बलियो भइरहेको थियो । जर्मनीलाई युक्रेनका गहुँलगायतका स्रोत साधनले सोभियत संघले सहयोग गर्ने भनेको थियो । हिटलरको युद्धउन्मादी विचारको ज्वरो बढ्दै गइरहेको थियो, जसमा अमेरिका जित्ने भविष्यको मनसाय लुकेको थियो ।

हिटलर र उनका सैनिक जनरलहरूले पोल्यान्ड, र फ्रान्ससँग भएको युद्धमा प्राप्त सफलता जस्तै सोभियत संघ विरूद्धको युद्धमा पनि प्राप्त हुने विश्वास गरेका थिए । सोभियत संघलाई उनीहरूले हिलोमा फँसेको विशाल जन्तुको रूपमा ठहर गरेका थिए । चारदेखि छ साताको युद्ध अभियान बनाए । सोभियत संघ विरूद्धको युद्ध गर्न अघि हिटलर आफू जीवनको सर्वाधिक जीतको अनुभवबाट विश्वस्त भए ।

अमेरिका र बेलायतका सैन्य विज्ञहरूले नाजी जर्मनको विरूद्ध टिक्न नसक्ने अनुमान लगाएका थिए । आठदेखि १० सातामा सोभियत संघ समाप्त हुने विश्वास बेलायती गुप्तचर संस्थाको थियो । अमेरिकी विज्ञले हिटलरले रुसलाई अण्डा जस्तो मिचिदिने विचार व्यक्त गरेका थिए ।

अन्ततः जर्मनीले २२ जुन १८४१मा बिहानै आक्रमण सुरु ग¥यो । तीस लाख जर्मन सैनिक र सात लाख नाजी जर्मनका सहयोगी सीमा पार गरे । यसमा छ लाख मोटर गाडी, तीन हजार छ सय ४८ टयांक, दुई हजार सात सयभन्दा बढी विमान र सात हजार हतियार भण्डार थिए ।

सुरुमा सबै योजना अनुसार हुँदै सोभियत सुरक्षामा ठूलो प्वाल गरियो । महत्वूर्ण भूभाग द्रुतगतिमा कब्जा गरियो । लाखौं रुसी सैनिक मारिए, घाइते भएर जेलमा राखिए । मस्कोसम्म जाने सडक खुला देखिए । जर्मनीका प्रचारबाजी मन्त्री जोेसेफ गोयबल्सले डायरीमा दुई जुलाईमा सोभियत संघ जित्ने उल्लेख गरेका थिए ।

तर, अपरेसन बारबोसाको आक्रमण योजनाका ‘गडफादर’को रूपमा चिनिएका सैनिक जनरल फ्रान्ज हल्दरलेले पश्चिम युरोपमा जर्मनीहरूले सामना गरेको अवरोध भन्दा सोभियत अवरोध धेरै बलियो भएको स्वीकार गरे । जर्मनीको पक्षमा भएको क्षतिका बारेमा वेहर्माचाट रिपोर्टमा ‘कठिन, कठोर, र जंगली’ अवरोध र हातहतियारले भरिपूर्ण मानिसको ठूलो क्षति उल्लेख गरिएको छ ।

सोभियत सेनाले गरेको प्रात्याक्रमणका कारण जर्मनीको अग्रतालाई सुस्त बनाएको थियो । जर्मन सैनिक जनरलहरूले अपेक्षा गरेभन्दा बढी राम्रो सैन्य शक्तिका आधारमा रहेको जर्मन इतिहासकारले उल्लेख गरेका छन् । सोभियत संघको हतियार भण्डारणको अवस्थाबारे जर्मनको गुप्तचर सेनाले जानकारी नदिएकोमा हिटलर क्रुद्ध बन्न पुगे ।

सोभियत संघले जर्मनको ब्लित्सकर्गले सन् १९३९|१९४०मा पाएको सफलतालाई सावधानीपूर्वक अध्ययन विश्लेषण गरी युद्धको सामना गर्ने गरेको देखिए । सोभियत संघले बारबोसाको सुरुआतमा सीमामा राखिएका थोरै सेनाले बेहोरेको क्षति देख्यो । रुसी सेनाले आक्रमण गर्दा रक्षात्मक हुँदै पछि आयो । मार्सल झुकोभ लेख्छन् “सोभियत युनियनले सबै सेना सीमामा राखेको भए जर्मन सेनालाई समस्तरूपमा सखाप पार्ने थियो ।”

अगस्टको अन्त्यतिर बारबोसा समाप्त हुनुपर्ने थियो । तर, त्यो युद्ध सन् १९४१मा पनि समाप्त हुने जर्मन सेनाको कमान्डले अनुमान लगाउन सकेन ।

जुन २२मा बारबोसा सुरु हुने बेला युद्धका लागि चाहिने इन्धन, टायर, पार्टपुर्जा जस्ता आवश्यक सामानको व्यवस्था मात्र दुई महिनाका लागि गरिएको थियो । दुई महिनाभित्रै सोभियत सेनाले घुँडा टेक्ने पूर्ण विश्वास थियो ।

जर्मनी सेनामा सेप्टेम्बरमा किभ कब्जामा लिएकाले उत्साहको लहर फैलियो । मस्कोतर्फ बढ्ने प्रगति भएको थियो । अब सोभियतहरूको अन्त्य निकट आएको विश्वास हिटलरले गरेका थिए । बर्लिनमा अक्टोबर ३ का दिन पूर्वी क्षेत्रको युद्ध अब समाप्त भएको जस्तो घोषणा गरिए । जर्मन सेनाले अपरेसन टाफुन सुरु गर्ने आदेश दियो । यो मस्कोलाई कब्जामा लिन गरिएको आदेश थियो । सुदूरपूर्वबाट सेनाका सुरक्षित युनिटलाई ल्याउने काम गरिएको थियो । सोभियत संघलाई पराजित गर्ने यो महान युद्ध जर्मनले लडेको थियो ।

जर्मन सेना मस्कोबाट मात्र तीस किलोमिटर टाढा मध्य नोभेम्बरसम्म पुगिसकेका थिए । तर, आपूर्तिको सामानको अभाव भएकाले सेना थकित हुन पुगेका थिए । डिसेम्बर ३ मा केही सेना आक्रमण मोर्चालाई त्यागे । जर्मनी सेना रक्षात्मक हुन पुगेको थियो । डिसेम्बर ५का दिन रुसी लालसेनाले अचानक आक्रमण गरे । यो राम्ररी तयारी गरी गरिएको प्रत्याक्रमण थियो । जर्मनी सेना विभिन्न टुक्रामा विभाजित हुन पुगे । जर्मनी सेना एक सयदेखि दुई सय ८० किलोमिटर टाढा फर्किन पुगेका थिए ।

डिसेम्बर ८ मा हिटलरले सेनालाई रक्षात्मक हुन भने । यो लडाइँको पराजयमा चिसोको मौसम कारण बनेको भने । उनका केही सैनिक जनरलले सेनालाई अझ पछाडि फर्काउन गरेको सुझाव हिटलरले अस्वीकार गरे । वसन्तमा आक्रमण गर्ने योजना बनाए ।

सोभियत युनियनलाई सन् १९४१मा जर्मनले जितेको भए युरोप, मध्यपूर्व र उत्तर अफ्रिकामा जर्मनीको वर्चस्व आज कायम भएको हुने थियो । डिसेम्बर १९४१ मा जर्मनीले मस्को लडाई हारेको अर्थ हिटलरले फेरि योजना बनाउने भन्ने थिएन । तर, हिटलरले युद्ध जित्न नसकिने बुझे । यो लडाइँले सोभियत संघको लालसेनालाई समग्र विश्वको अगाडि एक प्रमुख सेनाको रूपमा उभ्यायो ।

अर्को शब्दमा भन्दा विश्वयुद्ध दोस्रोको छाल डिसेम्बर ५ ,१९४१ मा मोडिएको थियो । मध्य अक्टोबरमा भ्याटिकन सिटीलाई जर्मन सोभियत संघसँग नजित्ने समाचार पु¥याइएको थियो । यसैगरी सोही समयमा स्विस गुप्तचर सेवाले पनि जर्मनी सेनाले सोभियतसंघसँगको युद्ध नजित्ने सूचना जनाएको थियो ।

लालसेनाले डिसेम्बर ५मा गरेको प्रत्याक्रमणबाट हिटलर आफै पनि युद्ध हारेको अनुभव गरेका थिए । तर, उनले यसलाई जर्मनी जनतामा जाहेर हुन नदिन चाहेका थिए । अनि उनले चिसोका कारण जर्मन सेनाले मस्को जित्न नसकेको बताए । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : Breaking, अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस