Techie IT
×
गृहपृष्ठसमाचारमोरङमा चट्याङ लागेर एक जनाको ज्यान गयो, चार जना घाइते

मोरङमा चट्याङ लागेर एक जनाको ज्यान गयो, चार जना घाइते


मोरङ । मोरङको रङ्गेलीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर रङ्गेली नगरपालिका ६ चोप्राहा नेवा टोलका २३ वर्षीय नितेश रायको ज्यान गएको हो । गम्भीर अवस्थामा रहेका रायको रङ्गेली अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै घर नजिकै रहेको पिठारीको रुखमुनि बसिरहेको अवस्थामा दिउँसो चट्याङ लागेर अन्य चार जना घाइते भएका छन । घाइते हुनेहरूमा २६ वर्षीय रविन मण्डल, ५५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल र २५ वर्षीया सङ्गीता यादव रहेका छन् ।

घाइतेहरूको रङ्गेली अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस