कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु

काठमाडौं, ९ असार । पछिल्लो २४ घण्टामा थप एक हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, चारहजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा नौ सय दश जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । यस्तै, केही दिनदेखि छुटेका २९ जना मृत्युको तथ्याङ्कसहित अहिलेसम्म भाइरस सङ्क्रमणका कारण ८८९४ जनाको मृत्यु भैसकेको छ ।
तीन हजार ५५८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०।२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Corona
प्रतिक्रिया