डाइभर्सन बगाउँदा जलेश्वर–ढल्केवर सडक अबरुद्ध

जनकपुर, २८ असार । बाढीले डाइभर्सन बगाउँदा जलेश्वर–ढल्केवर सडक आज दिउँसोबाट अबरुद्ध भएको छ । अबिरल बर्षासँगै नालाबाट बग्ने पानीको तीब्र गतिको बेगले जलेश्वर–ढल्केवर सडक अन्र्तगत सप्हीमा डाईभर्सन बगाउँदा सो सडक अबरुद्ध भएको हो ।
सडकको निर्माण भइरहेकाले पूर्व पट्टि छेउबाट बनाइएको डाइभर्सन बाढीले बगाएपछि आवागमन अबरुद्ध भएको स्थानीयले बताएका छन् । यस्तै रातु नदीको बाढी पसेपछि महोत्तरी सदरमुकाम जलमग्न भएको छ । जलेश्वर बजारको चारैतिर पानी पसेको छ भने अधिकांश कार्यालय जलमग्न भएको छ । यस्तै रातु नदीको बाढीले ठाउँमा कटान गर्दा महोत्तरीको प्रमुख तीन वटा सडक अबरुद्ध भएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया