चूडामणि शर्मासहित तीन जनाविरूद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगोसहित मुद्दा दायर

काठमाडौं, ९ असार । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूसँग १ अर्ब ३३ लाख ३० हजार ३८५ रूपयाँ बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए।
करदाताहरूको विभिन्न कर वक्यौतामा गैरकानुनी तरिकाले छुट दिएर भ्रष्टाचार गरको आरोपमा उनीहरूलाई मुद्दा दायर गरिएको रिसालले बताए।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम उनीहरूसँग सो बराबरको रकम बिगो र दफा ३ को उपदफा (१) र उपदफा (१) बोजिम कैद गरी जरिवानसमेतको सजाय माग गरिएको रिसालले जानकारी दिए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #chudamani sharma
प्रतिक्रिया