Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशसर्लाहीमा पानीको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु

सर्लाहीमा पानीको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु


सर्लाही, ९ असार । सर्लाहीमा ईंटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दाजु–भाइको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका–११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै दाजुभाइ बाख्रा चराउन गएको बेला ईंटा उद्योगले खनेको खाडलमा जमेको पानीमा पौडी खेल्न जाँदा डुबेको सर्लाही प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेका दाजुभाइलाई तत्कालै ईंटा उद्योगका मजदुर र गाउँलेले पानीबाट निकाली उपचारका लागि मलंगवा अस्पतालमा पुर्याएका थिए ।

यद्यपि अस्पताल पुर्‍याउनेवित्तिकै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस