Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौंका जोखिम क्षेत्रहरुमा थप पाँच हजार परिक्षण हुँदै

काठमाडौंका जोखिम क्षेत्रहरुमा थप पाँच हजार परिक्षण हुँदै


काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण भएको छ कि छैन भन्ने पत्ता लगाउन थप पाँच हजार परिक्षण हुने भएको छ । इपिडिमियोलोजि महाशाखाका अनुसार यस्तो परिक्षण उच्च जोखिम मानिने सरकारी कार्यालय,अस्पताल, बैंक लगायतका क्षेत्रमा गरिने छन् ।

देशभरी यस्तो ४५ हजार परिक्षण गरिने जानकारी डा. पाण्डेले दिए । यसअघि काठमाडौं उपत्यकाका १२ स्थानमा गरिएको तीन हजार परिक्षणमा तीन जनाको मात्र ट्राभल हिस्ट्री बेगर देखिएको छ । उपत्यकाका नख्खु, बोडेँ, कोटेश्वर, संखमुल ,टोखा, डिल्लीबजार, कागेश्वर , मनोहरा लगायतका क्षेत्रबाट तीन हजारको परिक्षण भइसकेको विभागले जनाएको छ । विभागका अनुसार पहिलो प्राथमिकतामा रहेको क्वारेन्टिन परिक्षणको क्रम सकिँदै गएको छ भने दोश्रो चरणमा उच्च जोखिम क्षेत्रमा परिक्षण थालिएको छ ।

विदेशबाट आएर होल्डिङ सेन्टरमा रहनेलाई पहिलो प्राथमिकता अन्तर्गत नै परिक्षण गरिने भएको छ । महाशाखाले जनाए अनुसार हालसम्म मृत्यु भएका ३८ जना मध्ये २४ जना दीर्घ रोगी रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार