Techie IT
×
गृहपृष्ठसमाचार‘राष्ट्रपति भण्डारी संविधानभन्दा बाहिर गएको देखियो’

‘राष्ट्रपति भण्डारी संविधानभन्दा बाहिर गएको देखियो’


काठमाडौं, ९ असार । अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानभन्दा बाहिर गएको बताएका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले संविधान अनुसार विधि पुगेर प्रधानमन्त्रीको दाबी गर्नेलाई राष्ट्रपतिले इन्कार गर्न नपाउने बताए।

प्रतिनिधि सभा विघटन सिफारिस र विघटन मध्यरातमा गरिनु गलत भएको उनले बताए। मध्यरातमा सिफारिस र विघटन गरेको घटनाले नियत प्रष्ट भएको उनले बताए। ‘दुवैतिर नाम परेका सांसदलाई बोलाएर छलफल गर्न सकिने थिएनरु दुवैतर्फको दाबी परेपछि राष्ट्रपतिबाट परामर्श लिने कार्य पनि गरिएन’, उनले भने।

जेठ ७ गते राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। ‘विश्वास गुमाएको प्रधानमन्त्रीले ७६ (३) अनुसार विघटन गर्ने अधिकार कहाँ दिन्छ ? विश्वासको मत पाउने आधार प्रस्तुत गर्न सकेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ’, उनले भने, ‘१३६ भए बहुमत पुग्नेमा १४९ जनाको हस्ताक्षर छ। यहाँ भन्दा बढी आधार चाहिने राष्ट्रपतिलाई आधार के हो ? राष्ट्रपति संविधान बाहिर गएको देखियो।’

संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री बन्न आधार प्रस्तुत गर्न दलको समर्थन आवश्यक नपर्ने स्पष्ट भएको उनले बताए। ‘ओलीको बहुमत छ, अरूको छैन भन्ने राष्ट्रपति को हो ?’ बन्दीले भने, ‘मलाई त्यही केटी चाहिन्छ भने झैँ राष्ट्रपतिले मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भन्नु भएको छ।’

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking