Techie IT
×
गृहपृष्ठसमाचार३३ किलो सुन काण्डका फरार ब्यक्ति पक्राउ

३३ किलो सुन काण्डका फरार ब्यक्ति पक्राउ


काठमाडौं, २८ असार । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३३ किलो सुन काण्डका फरार प्रतिवादी काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय हरिशरण खड्कालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेती समेत भएको अपराधिक समूह स्थापना र संजाल गरी सुन अवैध चोरी निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार प्रतिवादीहरु मध्येका खड्का दुबईबाट हिमालयन एयरलाईन्सको फ्लाईटमा नेपाल आउँदै छन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका खड्कालाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ९ गते ईन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस