Techie IT
×
गृहपृष्ठसमाचारनेपालले भारतसँग किन्न खोजेको खोप पनि साउन अन्तिम सातायता असम्भव

नेपालले भारतसँग किन्न खोजेको खोप पनि साउन अन्तिम सातायता असम्भव


काठमाडै । नेपालले भारतसँग किन्ने वा भारतले नेपाललाई दिने भनिएको खोप साउन अन्तिम सातायता आइपुग्ने सम्भावना कम देखिएको छ ।

भारतले जनवरी २० देखि भारत बाहेकका देशहरूमा खोप पठाउन सुरु गरेको थियो ।

भारतलाई आफै समस्या परेपछि अप्रिल देखि अन्य देशलाई खोप दिन रोक लगाइएको थियो ।

रोक लगाए देखि नेपाल लगायतका छिमेकी देशहरूले भारतीय राजदूतहरू मार्फत खोप उपलब्ध गराउने दबाब बढाएका थिए । सोही दबाब अनुसार ती देशमा कार्यरत भारतीय राजदूतहरूले निरन्तर उपलब्ध गराउन भने पनि संघीय सरकारले यसबारे कुनै नीति तय नगरेको सम्बद्ध स्रोतबाट सो जानकारी ‘द प्रिन्ट’लाई जानकारी उपलब्ध भएको हो ।

बंगलादेश, श्रीलंका र नेपालले भारतसँग अनुदानको भन्दा पनि खोप खरिद गर्न खोजेका छन तर भारत सरकारले ध्यान दिरहेको छैन् ।

भारत सरकारका सम्बद्ध स्रोतले खोप उत्पादनका आधारमा भारत सरकारले छिमेकी देशलाई जुलाई महिनाको अन्त्य तिर वा अगस्ट महिनामा मात्र खोपको केही मात्रा दिन सकिने अवस्था बन्ने जनाएको छ ।

त्यतिखेर भारतले ४० प्रतिशत जनसंख्यालाई खोप दिएर हर्ड इम्युनिटी प्राप्त गर्ने र त्यसपछि नेपाल लगायतका छिमेकी देशहरूलाई खोप दिने भएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले केही दिन अघि सर्वोच्चबाट पद गुमाउने परराष्ट्रमन्त्री रघुवीर महासेठसँग खोप आपूर्तिको विषयमा छलफल गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस