Techie IT
  • २०८१ वैशाख ७, शुक्रबार

खाँण समातिएपछि रविले प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धन्यवाद


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण नेपालीलाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएका छन् । यसअघि चेतावनी दिएका अध्यक्ष लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका हुन् । उनले सरकारको निर्णय कार्यान्वयन गर्ने नेपाल प्रहरीलाई समेत धन्यवाद ज्ञापन गर्दै भनेका छन् “धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु ,यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।” यसअघि उनले ढिलाइ भएकोमा सरकार विरुद्ध चेतावनी दिएका थिए । उनले सामाजिक सञ्जालमा भनेका थिए “ खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको जगजाहेर तान्डवलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट