Techie IT
×
गृहपृष्ठBreakingओलीलाई धक्का : सर्वोच्चको अन्तरिम आदेशले गुमाए २० मन्त्रीले मन्त्री पद

ओलीलाई धक्का : सर्वोच्चको अन्तरिम आदेशले गुमाए २० मन्त्रीले मन्त्री पद


काठमाडौं । सर्वोच्च अदालतले आज मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राना र न्यायाधीश डा। प्रकाश ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
सर्वाेच्चको आजको यो आदेसँगै उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २० मन्त्रीहरु पदमुक्त भएका छन् ।

आजको यो आदेशपछि संसद विघटन अघिसम्म कामय रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र लीलानाथ श्रेष्ठमात्र मन्त्री पदमा रहेका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सुनुवाइ गर्दै उक्त निर्णय गरेको हो ।

यसरी पद गुमाउने मन्त्रीहरु रघुबीर महासेठ–परराष्ट्र, राजेन्द्र महतो–सहरी विकास, खगराज अधिकारी– गृह, शरतसिंह भण्डारी– ऊर्जा, जलस्रोत तथा सिँचाई , अनिलकुमार झा– खानेपानी, शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या, राजकिशोर यादव–उद्योग, वाणिज्य तथा आपूर्ति, लक्ष्मणलाल कर्ण–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, नैनकला थापा– सञ्चार तथा सूचना प्रविधि ,ज्वालाकुमारी साह– कृषि तथा पशुपंक्षी विकास, बिमलप्रसाद श्रीवास्तव– श्रम, रोजगार तथा सामाजिक विकास , उमाशंकर अरगरिया– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक , एकवाल मियाँ– युवा तथा खेलकुद, नारद मुनि राना– वन तथा वातावरण , गणेशकुमार पहाडी– सङ्घीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पद गुमाउने राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी– ऊर्जा, जलस्रोत तथा सिँचाई, रेणुका गुरूङ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, आशाकुमारी विक–वन तथा वातावरण

 


क्याटेगोरी : Breaking, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस