Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

टिपरको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु


विराटनगर, ८ असार । मोरङको रंगेली नगरपालिका–७ रंगेली बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार बिहान सवा नौ बजे पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३४९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँद गरेको प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट चालक रतुवामाई–६ सौठा का ४२ वर्षीय तिलकराज खड्काको मृत्यु भएको छ।

ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको हो। टिपर र चालक धनपालथान–६ का ३९ वर्षीय विद्या सागर रायलाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा लिएको छ।

 


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #tripper

प्रतिक्रिया


ताजा अपडेट