Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशबाग्लुङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

बाग्लुङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


बाग्लुङ, ८ असार । बाग्लुङ नगरपालिका–३ रात्माटामा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। ध १ च ८३ नम्बरको ट्रयाक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बाग्लुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो।

मंगलबार बिहान बिहान ६ बजे ट्रयाक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल पुर्‍याएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए।
चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। उनको नाम ठेगाना खुलाइएको छैन।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस