३६ अर्ब अमेरिकी डलर बराबरको हरित ऊर्जा परियोजना अस्ट्रेलियाद्वारा अस्वीकार

काठमाडौ । अस्ट्रेलिया सरकारले पश्चिम अस्ट्रेलियाको सुदुर क्षेत्रका ३६ अर्ब अमेरिकी डलर बराबरको वायु, सौर्य र हाइड्रोजन परियोजना अस्वीकार गरेको छ । विश्वको सर्वाधिक ठूला हरित ऊर्जा परियोजना मध्ये एक अब खतरामा परेको छ ।
अस्ट्रेलियाकी वातावरण मन्त्री सुसन लिले एसियाली नवीकरणीय ऊर्जा केन्द्रको यो परियोजना स्वीकार गर्न नसक्ने बताएकी छिन् ।
अन्तर्राष्ट्रियरूपमा पहिचान बोकेका सिमसार तथा अप्रवासी चरा प्रजातिमाथि असर पार्ने कुरोलाई अस्वीकार गर्दै उनले यस्तो जनाएकी छिन् ।
एसियाली नवीकरणीय ऊर्जा केन्द्रको परियोजना पिल्बारा क्षेत्रमा अवस्थित छ । यसबाट सुरुआतमा १५ गिगावाट नवीकरणीय ऊर्जा उत्पादन हुने र यसलाई २६ गिगावाटसम्म विस्तार गरिने यसको डिजाइन गरियो । यसबाट प्राप्त हुने हरित हाइड्रोजन र अमोनियालाई निर्यात गर्ने लक्ष्य लिइएको छ ।
गत सेप्टेम्बरमा यो परियोजनालाई द्रुतगतिमा अनुमोदन गरेको थियो । यसबाट रोजगार र सफा ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको थियो ।
यो परियोजनाको विकास निजी कम्पनी इन्टर कन्टिनेन्टल इनर्जीले गरिरहेको छ ।
वातावरण मन्त्रीले यो परियोजनाको निर्णयलाई अस्वीकार गरेकी छिन् ।
अस्ट्रेलियाको सफा ऊर्जा परिषदले परियोजनासँग मिलेर सरकारले काम गर्ने विश्वास व्यक्त गरेको छ
क्याटेगोरी : समाचार
ट्याग : #breaking
प्रतिक्रिया