Techie IT
×
गृहपृष्ठसमाचारथप एक हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि

थप एक हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ७ असार । पछिल्लो २४ घण्टामा थप एक हजार ५८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, चारहजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ८७७२ जनाको मृत्यु भैसकेको छ । तीन हजार १३० जना संक्रमण मुक्त भएका छन् । अहिलेसम्म ८९.९ प्रतिशत संक्रमण मुक्त भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस