Techie IT
×
गृहपृष्ठसमाचारज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न आदेश

ज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न आदेश


काठमाडौं, ७ असार । ज्वाला भन्ने टीका संग्रौला सहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ ।

आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो । प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए ।

प्रहरीले उनीहरुलाई युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा हिजो हिरासतमा लिएको थियो । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #jwala sangraula


तपाईको प्रतिक्रिया दिनुहोस