Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशपाँच दिनपछि खुल्यो राप्ती राजमार्ग

पाँच दिनपछि खुल्यो राप्ती राजमार्ग


सल्यान, ७ असार । लगातारको वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक पाँच दिनपछि खुलेको छ । प्रहरीको सक्रियतामा पहाडबाट खसेका पहिरो डोजर तथा स्काभेटरले पन्छाएपछि सञ्चालनमा आएको हो ।

पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग अन्तर्गतको दाङ–सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ दसरेमा पहिरो हटाउँदै डोजर ।
कपुरकोट गाउँपालिका ३ दसरेमा गएको पहिरोले असार १ गतेदेखि सडक अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आएपनि भारी वर्षा भए पुनः अवरुद्ध हुने सम्भावना यथावत रहेको बताइएको छ ।

पहिरो पन्छाएपछि शनिबार बेलुकीबाट सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानका डीएसपी गोविन्द थापाका अनुसार सडक अवरुद्ध हुन नदिका लागि डोजर तथा स्काभेटर पहिरो जाने क्षेत्रमा राखिएको छ । पहिरो खस्ने बित्तिकै डोजरले पन्छाउने उनले बताए ।

सडक अवरुद्ध हुँदा सल्यान, रुकुम , रोल्पाका सर्वसाधारण प्रभावित भएका थिए । पहिरोका कारण पुरिएका गाडीहरु पनि निकालिएको डीएसपी थापाले जानकारी दिए ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #dojer