कोरोना भाइरसको नयाँ म्युटेसन नेपालमा भेटियो, थप सर्तक रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौ । नेपालमा कोभिड १९ को नयाँ म्युटेशन भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ४८ नमुनामध्ये ४७ जनामो डेल्टा भेरियन्ट पुष्टि भएको मध्ये ९वटामा नयाँ म्युटेसन फेला परेको हो।
गत वैशाख २६ गते देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले देशभरबाट ४८ वटा नमुना संकलन गरेको थियो । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न गत जेठ २६ गते पठाईएको थियो।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले यो म्युटेसन सबै उमेर समूहलाई संक्रामक रहेको बताएका छन्। यो भेरियन्ट बढी संक्रामक रहेकोले थप सर्तक रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।
यसअघि बेलायती सञ्चारमाध्यमले नेपाल भेरियन्ट भनेर दाबी गरेकोमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिले त्यसको खण्डन गर्दै नेपालमा कुनै नयाँ भेरियन्ट नभएको दावि गरेको थियो । नयाँ फेला परेको यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : Breaking, समाचार
ट्याग : #breaking
प्रतिक्रिया