गृहपृष्ठ ∕
अर्थ ∕
उपत्यकामा बिहान ११ बजेदेखि ४ बजेसम्म सुनचाँदी पसल खुल्ने
उपत्यकामा बिहान ११ बजेदेखि ४ बजेसम्म सुनचाँदी पसल खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा असार ७ गतेदेखि लागू हुने गरी परिवर्तित निशेधाज्ञामा आइतबार,मंगलबार र बिहीबार सुनचाँदी पसल बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ने भएका छन् ।
आइतबार उपत्यकाका तीनै सिडिओको बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर,फेन्सीका पसलहरु खुल्नेछन् ।
यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ ।
निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ ।
अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ । त्यस्तै ट्याक्सीमा भने तीन जना मात्रै यात्रु राख्न पाइनेछ भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।
क्याटेगोरी :
अर्थ,
समाचार