Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशसप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु


सप्तरी, ६ असार । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–३ का सञ्जिब लौगी छन् ।

शनिबार राती स्थानीय बचाइ माझीको घरमा ट्युबवेल जडान गरिरहेका सञ्जिबलाई करेन्ट लागेको थियो । बिजुलीको तारमा फलामको पाइपबाट सञ्जिबलाई करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले बताए ।

उनका अनुसार भुइँमा छटपटाएको देखेर छोडाउन गएका उनका दाजु सुरेन्द्र र बचाइका छोरा शिवकुमार माझी पनि करेन्ट लागेर घाइते भएका छन् । घाइतेमध्ये सुरेन्द्रको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको छ भने माझीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #current, #death


तपाईको प्रतिक्रिया दिनुहोस