Techie IT
×
गृहपृष्ठसमाचारबीथ्रीडब्लु किन बन्यो नेटोको वास्तविक एजेन्डा ?

बीथ्रीडब्लु किन बन्यो नेटोको वास्तविक एजेन्डा ?


झिल्को टिप्पणी

हालै सम्पन्न नेटोको शिखर सम्मेलनमा दुई विचार अगाडि बढ्यो । पहिलो रुसलाई ‘तीव्र खतरा’ र चीनलाई ‘प्रणालीगत खतरा’ भनियो ।(अक्युट थ्र र सिस्टमेटिक थ्रेट)

नेटोका पहिला महासचिव लर्ड ह्यास्टिङ्ग्स लिओनेल इस्मेका बेला नेटोले ‘सोभियत संघलाई बाहिर राख’, ‘अमेरिकालाई भित्र राख’ र ‘जर्मनलाई तल राख’ भन्ने उद्देश्य लिएको चर्चा थियो ।( द सोभियत युनियन आउट, दि अमेरिकन इन र द जर्मन्स डाउन)

त्यसपछि रिमिक्स सुनियो अमेरिका भित्र राख, युरोपियन युनियनलाई तल राख र रुस चीनलाई एक्ल्याउ । किप दि अमेरिकन्स इन, दि इयु डाउन र रसिया चाइना कन्टेन्ड )

उत्तर एटलान्टिक सन्धिले अब पूर्वबाट खतरा भएको व्याख्या गर्छ । अफगानिस्तानले मध्य तथा दक्षिण एसियालाई विभाजन गर्छ त्यहाँ पस्थुन र कालाश्निोभसले नेटोलाई घृणा गर्छ ।

रुसलाई अझ शीर्ष खतरा ६३ पटक उल्लेख गरिएको छ । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले शीत युद्ध पछि ठूलो शक्ति उपस्थित गरेको बताएका छन् ।

३० देशको नेटो संगठनको कुल रक्षा बजेट सन् २०२१मा ४.१ प्रतिशतले बढेको छ । यो १० खर्ब ४ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ ।

यति हुँदाहुँदै पूर्वबाट खतरा छ । नेटोका सैनिक जनरलहरूले रुससँग हाइपरसोनिक हातहतियार रहेको आक्रोश पोख्छन् ।
चीनको खतराको विषयमा दक्षिण चीन सागरलाई उल्लेख गरिन्छ । ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रलाई चीनको खतरा रहेको भने जी सेभनले यसबारे एक योजना लिएर आएको देखिएको छ ।

बिल्ड ब्याक बेटर वल्र्ड वा बीथ्रीडब्लुलाई चीनको द बेल्ट एन्ड रोड इनसिएटिभको विकल्पको रूपमा पश्चिमाहरूले ल्याएका छन् ।

अमेरिकाले तयार पारेको बीथ्रीडब्लुको पूर्वाधार परियोजनामा निजी क्षेत्रको पुँजी परिचालन गर्ने योजना बनाएको छ । यसका चार क्षेत्रहरू जलवायु , स्वाथ्य तथा स्वास्थ्य सुरक्षा,डिजिटल टेक्नोलोजि र लैङ्गिक समानतासँग जोडिएका परियोजनामा निजी क्षेत्रको पुँजी लगाउन खोजिएको छ ।

सुरुआती बीथ्रीडब्लुको लगानी अनुमान १ खर्ब अमेरिकी डलर बराबरको छ । तर यो रकम कसरी आउने र कहाँबाट आउने अहिलेसम्म थाहा भएको छैन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष वा विश्व बैंकबाट हुने हरित ऋणसँग जोडिएका निजीक्षेत्रको लगानी केही उदीयमान बजारमा मुनाफा कमाउने उद्देश्यले जोडिएको छ ।

बीथ्रीडब्लुलाई ल्याटिन अमेरिकादेखि क्यारिबियनसम्म अफ्रिकादेखि इन्डो प्यासिफिकसम्म वैश्विकरूपमा अगाडि बढाउने अमेरिकाले अडान लिएको छ । बीआरआईको पहुँचसम्म प्रतिस्पर्धा गर्ने प्रयास यो हो ।

हरित स्रोत र नयाँ बन्दोबस्ती शृंखलाका लागि केन्द्रीय बैंकहरूले रकमको वर्षात् जी सेभनका सदस्य देशहरूलाई फाइदा हुने गरी गर्ने छन् । निसन्देह चीनका लागि गर्ने छैनन् ।

यो हरित क्षेत्रको रक्षा कसले गर्ने हो । स्वाभाविकरूपले नेटोले गर्ने हो । वैश्विक पहुँचको स्वाभाविक परिणाले नेटोको २०३० एजेन्डालाई जोड दियो ।

वैकल्पिक पूर्वाधार स्किमहरू रुस र चीनलाई युरोपियन युनियनबाट टाढा राख्न सुरु गरिसकिएको छ । यस सन्दर्भमा तीन समुद्र अभिप्रेरणाका लागि १२ युरोपियन युनियनका पूर्वी युरोपका देशहरूलाई एड्रियाटिक, बाल्टिक र ब्ल्याक सागरसँग जोड्ने प्रस्ताव गरेको देखिन्छ ।

यो अभिप्रेरण बीआरआईको पूर्वी युरोपलाई जोड्ने हिस्सा सेभन्टिन प्लस वनको कमजोर प्रतिलिपि हो । यो अभिप्रेरणा अन्तर्गत अमेरिकाबाट महँगो  ऊर्जा आयात गर्न बाध्य पार्ने अभिप्राय लुकेको छ । पूर्वतर्फको खतराको आक्रामकता असफल हुने पक्का देखिन्छ । दमित्री ओर्लोभले रुसले ऊर्जा , यातायात र वस्तु उत्पादन प्रणालीको समानान्तर प्रणालीको विकास गरिरहेको छ । रुस र चीनले दूरसञ्चार सम्बन्धी क्षेत्रको विकास गरिरहेका छन् ।

सबैलाई थाहा भएको विषय भनेको चीनले फाइजीको अगुवाइ गरेको छ । विश्वमा चिपको सबै भन्दा ठूलो बजार हो ।
उदाइरहेको चीन वैश्विक दक्षिणमा एक विकल्प भएर आएको तथ्य हो । चीनले अन्तर्राष्ट्रिय मुद्रा कोष वा विश्व बैंकको विगतका दशकका ऋण जाललाई कडा टक्कर दिने विकल्प खडा गरेको छ ।बीआरआई उच्चरूपमा जटिल दीगो विकास व्यापार लगानी रणनीति हो जसले वैश्विक दक्षिणलाई एकीकृत गर्छ ।

माओकालीन तीन विभाजनमा उपनिवेश पछिको असंलग्न आन्दोलनको अगुवाइ चीनले गरेको थियो । यसले समग्र वैश्विक दक्षिणलाई घेरा हालेको थियो । नवउपनिवेशवादको विरोधमा यसले सार्वभौमको पक्षधरता दर्शायो ।

बीथ्रीयडब्लु पश्चिमाहरूको तर्फबाट अमेरिकाले बीआरआई बन्द गर्ने प्रतिक्रियाको रूपमा अगाडि बढाएको परियोजना हो । यसले चीनलाई चौबिसै घन्टा चीनलाई तर्साउने प्रयास गरिरहन्छ ।

चीन वा जर्मनीले किन्ने जस्तै वैश्विक दक्षिणले किन्ने उत्पादनमूलक वस्तुको अमेरिकाले उत्पादन गर्ने देखिदैन् ।

अन्ततः बीथ्रीडब्लु बीआरआईको प्रभावलाई रोक्न र अमेरिकी नेतृत्वको नेटोको हितमा ल्याउन लागिएको छ । विश्वको हरित अभिप्रेरणाको नाउँमा सुरक्षा महसुल असुल्ने र वैश्विक वर्चस्व कायम गर्ने योजना अमेरिकाको रहेको छ ।

(एजेन्सीको सहयोगमा)


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस