Techie IT
×
गृहपृष्ठसमाचारथप २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि

थप २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि


काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ६० जनाले कोरोनालाई जितेका छन् । यस्तै यो अवधिमा २ हजार ४ सय १ जनालाई संक्रमण भएको पुष्टि भएको छ । सात हजार १० जनाको पीसीआरबाट परीक्षण गर्दा एक हजार ६ सय ८८ जनामा संक्रमण पाइएको छ भने ४ हजार ६ सय ८६ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सात सय १३ जनामा संक्रमण पाइएको छ ।

यस्तै गएको २४ घण्टामा कोरोनाका कारण थप ३४ जनाको ज्यान गएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको हुने क्रम लगातार बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #Corona, #hot


तपाईको प्रतिक्रिया दिनुहोस