Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशपहिरोले ढोरबाराही मोटर मार्ग अवरुद्ध

पहिरोले ढोरबाराही मोटर मार्ग अवरुद्ध


दमौली, ५ असार । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाको कारण पहिरो खस्दा तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–हरिनास गाउँपालिकाको केन्द्र सडकखण्ड अवरुद्ध बनेको छ ।

दर्जनौँ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताए । पहिरोले कतै ग्याबिन जालीसहित बाटो खसेको छ । कही बाटो माथिबाट ठूल्ठूला पहिरो खसेको उनले बताए । सडक अवरुद्ध हुदाँ अत्यावश्यक काममा दुलेगौँडा पोखरा जानुपर्ने स्थानिय बासिन्दा चिसापानीबाट सालडाँडा राईपुर हुँदै एक घण्टा फेरो बाटो यात्रा गर्न बाध्य भएको उपाध्यक्ष पराजुलीले जानकारी दिए ।

तनहुँ शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँट देखि हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने सडक कालोपत्रेका लागी स्तरोन्नति गर्ने काम धमाधम भइरहेको थियो । हरिनास गाउँपालिकाको केन्द्रलाई गण्डकी प्रदेशको केन्द्र पोखरासँग कालोपत्रे सडकबाट जोड्ने उदेश्यका साथ प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । ३२ करोड ६५ लाख ४७ हजार १ सय ४९ रुपैयाँमा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ ।

सडकतर्फ फराकिलो पार्ने र ग्याबिन जाली भर्ने काम सकिएको थियो । तर, पहिरो गएसंगै काम रोकिएको छ । धेरै ठाउँमा सडक नै नरहेको ग्याबिन जाली पहिरोले खसेको कारण एक करोडको हाराहारीमा क्षति भएको निर्माण कम्पनीले जनाएको छ ।

पुलमा कुनै क्षति नभए पनि सडकमा भने दर्जनौँ स्थानमा पहिरोले क्षति पुर्याएको छ । अवरुद्ध सडकलाई खुलाउन सुरु गरिएको गोल्डेनगुड बानियाँ जेभीका साइट सुपरभाइजर रामबहादुर गोलेले बताए । ‘पहिरो हटाउन सुरु गरेका छौँ । गाडी चल्न मिल्ने स्थितिमा ल्याउन मात्रै पनि कम्तीमा ३÷४ दिन लाग्ने उनको भनाइ छ । मनसुनकै सुरुवातमा पहिरो जादा पुगेको क्षतिले सडक निर्माणको काम सक्न निर्धारित समयभन्दा ३ महिना बढी समय लाग्ने गोलेले बताए ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #landslide, #pahiro


तपाईको प्रतिक्रिया दिनुहोस