पानी निकासको विषयमा कुटाकुट हुँदा एक महिलाको मृत्यु
सप्तरी, २७ असार । पानीको निकास दिने विषयमा दुई पक्षबीच विवाद भई कुटपिट हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
बस्तीमा वर्षाको पानी पसेपछि आज सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर टोलमा निकासको बाटो आ–आफ्नो अनुकुल खोल्ने कुरामा दुई पक्षबीच हुँदा सोही वडाकी ५० वर्षिया चान्सीदेवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एक पक्षले घरेलु हतियार प्रहरी गर्दा मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनामा गम्भिर घाइते भएकी सोही वडाकी ३५ वर्षिया सीतादेवी मण्डलको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ भने अर्का सामान्य घाइते भएका एक जना पुरुषको पातोस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याइ पु¥याइएको छ । घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार,
मधेस प्रदेश