अनेरास्ववियुद्वारा सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण
काठमाडौं, ५ असार । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत तथा स्वास्थ सामग्री वितरण गरेको छ । अनेरास्ववियुले शुक्रबार प्रभावित क्षेत्र हेलम्बुमै पुगेर खाद्य तथा स्वास्थ सामग्री वितरण गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहितको नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका २ मै पुगेर राहत वितरण गरेको हो ।
अनेरास्ववियुले सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला खाद्य, स्वास्थ्य सामग्री, लत्ताकपडा वितरण गरेको महासचिव लामाले जानकारी दिइन् । अनेरास्ववियुको पहलमा संकलित राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आफ्नो क्षेत्रमा पहिलोपटक अनेरास्ववियुले राहत उपलब्ध गराएको बताए ।

शुक्रबार बिहानै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राहत सामाग्री अध्यक्ष पराजुलीसहितको टोलीलाई हस्तान्तरण गरेका थिए । राहत वितरण टोलीमा अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित महासचिव आरती लामा, उपाध्यक्ष माधव पन्त र सचिवहरू मिलन राइ, मेघनाथ चापागाइँ, महेश श्रेष्ठ , नरेश न्यौपाने र अशोक थापा तथा कोषाध्यक्ष दिपेश प्रसाईंलगायत सहभागी थिए ।

क्याटेगोरी :
समाचार,
बाग्मती प्रदेश
ट्याग : #flood,
#rahat