धादिङमा पहिरोले डोजर पुर्दा दुई जना बेपत्ता
धादिङ, ५ असार । धादिङको सेर्तुङमा पहिरोले डोजर पुर्दा शुक्रवार बेलुकादेखि दुई जना बेपत्ता भएका छन् ।
धादिङ बेसीको तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का जोजो तामाङ बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बेपत्ता दुवैको खोजी भइरहेको जानकारी दिएका छन्।
क्याटेगोरी :
समाचार
ट्याग : #pahiro