Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशपूर्वसांसद कृष्णसिंह परियारको निधन

पूर्वसांसद कृष्णसिंह परियारको निधन


काठमाडौं, ४ असार । पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारको आफ्नै निवास नेपालगन्जमा निधन भएको हो। मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित परियारको ७५ वर्षको उमेरमा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

२०४६ को जनआन्दोलनपछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित परियार तत्कालीन राज्य व्यवस्था समितिको सभापति बनेका थिए। परियारका श्रीमती, ३ छोरी र ४ छोरा छन्।


क्याटेगोरी : समाचार, संसद, बाग्मती प्रदेश
ट्याग : #krishna singh pariyar


तपाईको प्रतिक्रिया दिनुहोस