Techie IT
×
गृहपृष्ठसमाचारसांसदको विश्वासको मतको परीक्षण गर्ने स्थान प्रतिनिधिसभा मात्र :सभामुख

सांसदको विश्वासको मतको परीक्षण गर्ने स्थान प्रतिनिधिसभा मात्र :सभामुख


प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति र प्रधानमन्त्रीले संवैधानिक नैतिकता, निष्पक्षतावाद, सुशासन, संस्कार, विश्वासको वर्खिलाफ प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

सभामुख सापकोटाले बिहीबार महान्यायधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा संविधानको धारा ७६(५) अनुसार १ सय ४९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दावी गरेको अवस्थामा क्षेत्राधिकारभन्दा बाहिरको प्रश्न उठाएर प्रतिनिधिसभा विघटन गरेको स्पष्ट पारे ।

सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्ने स्थान प्रतिनिधिसभा मात्र भएको बताउँदै राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नभएकोमा जोड दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस